काठमाडाैं, फागुन २७ –एभरेष्ट बैंक लिमिटेडले गाईघाट, उदयपुरमा आफ्नो १०२ औं शाखाको यही फागुन २६ गते बुधबार उद्घाटन गरेको छ । अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि पछिल्लो समयमा विभिन्न स्थानमा शाखा सञ्चालनमा ल्याइरहेको बैंकले आफ्नो १०२ औं शाखा उद्घाट्न गरेको हो ।
एभरेष्ट बैंक लि. का नायव महा प्रबन्धक डा. सन्धिर कुमार र नेपाल उद्योग वाणिज्य संघ, गाईघाटका अध्यक्ष गजेन्द्र भगतले संयुक्त रुपमा गाईघात, उदयपुर शाखाको उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहमा विश्वराज भट्टराई, वडा ११ त्रियुगा नगरपालिका का अध्यक्ष, भिम बहादुर दाहाल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक, पूर्ण बहादुर श्रेष्ठ, एभरेष्ट बैंकका प्रदेश–१ का प्रादेशिक प्रबन्धक र पुष्प राज उप्रेती, एभरेष्ट बैंकका मर्केटिङ्ग प्रमुखका साथै अन्य स्थानीय तहका अधिकारीहरूको उपस्थिती रहेको थियो ।
उद्घाटन समारोहमा एभरेष्ट बैंकका नायव महा प्रबन्धक डा. सन्धिर कुमारले उद्घाटन समारोहको मन्तव्यमा गाईघात क्षेत्रका बासिन्दाहरूलाई उच्च गुणस्तरको सम्पुर्ण अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन दिएका छन् ।
स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०२ शाखा संजाल, प्रादेशिक कार्यालय , १३४ एटिएम बुथ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।
यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।
FACEBOOK COMMENTS