काठमाडौं, चैत १० – ललितपुर महानगरपालिका–५ को सहयोगमा पिनाकल ट्रेनिङ एकेडेमीले आयोजना गरेको १० दिने उद्घोषण तालिम सम्पन्न भएको छ ।वडा ५ का महिला समूहका पदाधिकारी एवं सदस्यहरुलाई मन्तब्य राख्न तथा कार्यक्रम निर्माण र सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले उक्त तालिम आयोजना गरेको हो । संचारकर्मी सुरजवीर बज्राचार्यले प्रशिक्षण दिएको उक्त तालिममा २५ जना प्रशिक्षार्थीको सहभागिता थियो ।
एकेडेमीका अध्यक्ष शरदराज न्यौपानेको सभापतित्वमा भएको यस कार्यक्रमका प्रमुख अतिथि वडा नं. ५ का अध्यक्ष विकासमान श्रेष्ठले आफू प्रशिक्षार्थीहरुको मन्तव्य तथा कार्यक्रम सञ्चालक शैलीबाट प्रभावित भएको भन्दै थप एडभान्स कोर्ष चाँडै आयोजना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।प्रमाण पत्र वितरण गर्दै उहाँले १० दिने उद्घोषण तालिम पश्चात हुने एडभान्स कोर्षका लागि सहभागी सबैले अझ मेहेनत गर्नुपर्ने तर्फ जोड दिनुभयो ।कार्यक्रमका विशेष अतिथि तालिम संयोजक तथा वडा ५ का महिला सदस्य शोभा श्रेष्ठले तालिमले सबैमा बोल्ने क्षमता वृद्धि भएको बताउँदै दक्षता वृद्धि गर्न थप विषयवस्तुका साथ तालिमको अवधि बढाउनु पर्ने तर्फ ध्यानाकर्षण गराउनुभयो ।
प्रशिक्षक बज्राचार्यले मेहेनत सँधै निरन्तर हुनु पर्ने तथा प्रत्येक गल्तीबाट ज्ञान हासिल गर्दै अघि बढ्नु पर्ने भन्दै आफ्नो कर्म र समर्पण मात्र तालिमको १० दिने अवधिमा सिमित नहुने प्रतिवद्धता ब्यक्त गरे । यसैका लागि फेसबुक च्याट ग्रुप निर्माण गरेको पनि उहाँले जानकारी गराउनुभयो ।
आयोजकका तर्फबाट प्रमुख अतिथि ५ नं. वडा अध्यक्ष विकासमान श्रेष्ठ तथा प्रशिक्षक सुरजवीर बज्राचार्यलाई मायाको चिनोका रुपमा हस्तकलाका सामग्री उपचार प्रदान गरिएको थियो ।
FACEBOOK COMMENTS