काठमाडौं,फागुन ७- नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघबीच उद्योग तथा व्यवसाय प्रबर्धन सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठले बैक र संघका सदस्यहरुलाई, ब्यवसाय प्रबद्र्धन तथा बैकिड। सेवा सुलभ तवरवाट उपलब्ध गराउने सम्बन्धी सम्झौता हस्ताक्षर गरेका हु्न्।
े कार्यक्रममा संघका पदाधिकारी तथा ब्यवसायी सदस्यहरुबाट राखेका जिज्ञासा उपर बैकका प्रमुख कार्यकारी अधिकृत शाहले प्रत्युत्तर समेत दिएका थिए ।
यस सम्झौता संगै नबिल बैंकले भक्तपुर उद्योग वाणिज्य संघका सदस्यका साथ साथै देशभरका व्यवसाय र उद्योग क्षेत्रको प्रबर्धन र संरक्षणको लागि बैंकले सदा सहयोग गर्ने कुरा शाहले जानकारी गराए । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिल केशरी शाहले भने , ‘नबिल बंैकले भक्तपुर तथा देशभर रहेका व्यवसाय र उद्योग क्षेत्रलाई संरक्षण र उन्नतीको लागि नबिल बैंक तत्पर रहनेछ । व्यवसाय र उद्योग क्षेत्रको विकासका लागि भक्तपुर उद्योग वाणिज्य संघसंग सहकार्य गर्न पाउदा हामी निकै खुशी छौं । यो सहकार्यले उद्योग वाणिज्य क्षेत्रमा आवद्ध भएका व्यवसायहरुलाई लाभ हुने विश्वास हामीले लिएका छौं ।’
भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठले भने , ‘भक्तपुर उद्योग वाणिज्य संघले नबिल बंैकसंग सम्झौता गरी भक्तपुरका व्यवसाय र उद्योग क्षेत्रको प्रबर्धन गर्न बैंकको साथ पाउञदा निकै खुशी लागेको छ । निजी क्षेत्रको तर्फबाट यस्तो सहकार्य गर्न आरम्भ भएकोमा हामी हर्षेात्शाहित भएका छौं, र बैकलाई धन्यबाद समेत ज्ञापन गर्दछौं ।’
नबिल बैंकले ११४ वटा शाखाहरु, १६६ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्दरहरु संगै अघि बढ्ने विश्वास राखेको छ ।
FACEBOOK COMMENTS