काठमाडौं,माघ २२ – नेपाल उद्योग वाणिज्य महासंघ र विर्तामोड नगरपालिकाबीच सम्झौता भएको छ । विर्तामोड नगरपालिकामा निर्यातजन्य कृषि केन्द्र निर्माणलागि महासंघ र नगरपालिकाबीच सम्झौता भएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले जानकारी दिए ।
सम्झौता अनुरुप विर्तामोड नगरपालिकाले निर्यातजन्य कृषि केन्द्र निर्माणलागि महासंघलाई सात बिगाहा जमिन उपलब्ध गराएको छ । महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले संघिय नेपालमा स्थानिय तहले व्यापारिलाई महत्व नदिएको भन्ने आवाज उठी रहेको समयमा यो सम्झौता स्थानिय तह र व्यवसायिबीच सम्बन्ध सुधारका लागि कोशेढुँगा सावित हुने बताए । उनले यो सम्झौताले स्थानिय जनप्रतिनिधी र व्यवसायिहरुको सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गरे ।
उनले कृषि केन्द्रको स्थापनाले नेपालबाट निर्यात हुने अलैची, अलुवा, अम्लिसोलगायतका सामग्रीको रोस्टिङ र ग्रेडिङ हुने भएकाले कृषकले राम्रो आर्थिक आजर्न गर्न सक्ने बताए । उनले भने ‘ हाम्रो अलैची, अदुवा,अम्लिसो बिना प्रसोधन सस्तो मुल्यमा भारत निर्यात गछौं र त्यही चीज हामीकहाँ प्रसोधन भई महंगोमा आयात गछौं । यसलाई केहि मात्रामा रोक्न पनि यस केन्द्रले सहयोग गर्ने छ ।’
उनले निर्यातजन्य कृषि केन्द्रको स्थापनाकोेलागि सातै प्रदेशमा पहल गरीरहेको समेत बताए । प्रदेश चारमा कृषि केन्द्र स्थापनाका लागि छिट्टै नै सम्झौता गरिने समेत बताए ।
फरक प्रसंघमा उनले आफु नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा वस्तुगत उपाध्यक्षमा उम्मेद्धारी दिने बताए । उनले चुनावमा आफु विजय भए सातै प्रदेशमा कृषि केन्द्रको स्थापना गर्ने कार्यलाई अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरे ।
FACEBOOK COMMENTS