काठमाडौं, माघ १५ – नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल नेपाल धितोपत्र बोर्ड (सबोन) को बोर्ड अफ डाइरेक्टरमा नियुक्त भएका छन् । सेबोनको बोर्ड अफ डाइरेक्टरमा यस अघि वरिष्ठ उपाध्यक्षको हैसियतले शेखर गोल्छा डाइरेक्टर थिए ।
अहिले उनी नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बनेपछि रिक्त रहेको पदमा बरिष्ठ उपाध्यक्षको हैसियतले उनलाई बोर्ड अफ डाइरेक्टरमा नियुक्त गरिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । बोर्डमा अध्यक्ष भने कार्यकारी अध्यक्ष हुनेछन् ।
FACEBOOK COMMENTS