साउन ८- नेपाल उद्योग वाणिज्य महासंघको साउन २६ र २७ मा हुने निर्वाचन सरेको छ । सरकारले लकडाउन खुलेको घोषणा गरेपनि केही क्षेत्रमा बन्देज कायमै राखेको छ । जसमा २५ जनाभन्दा बढी भेला हुन नपाइने नियमलाई कायमै राखेपछी महासंघले निर्वाचन गर्ने अनुमति दिनको लागि सरकारसँग मागगरे को थियो ।
यस विषयमा सरकारले चासो नदेखाएपछी महासंघ अध्यक्ष भवानी राणाले निर्वाचनको बारेमा निर्णय लिनको लागि पूर्व अध्यक्ष सहित पदाधिकारीको बैठक बिहीबार बोलाएकी थिइन् । जसमा सरकारले लकडाउन पूर्ण रुपमा खुलाएको १५ दिनभित्र निर्वाचन गर्ने सहमति भएको जनाएको छ ।
सरकारले भदौं १ देखि लामो दुरीको सवारी साधन तथा हवाई उडान समेत खोल्ने निर्णय गरेको छ । तर,२५ जनाभन्दा बढी भेला हुन तथा पार्टी प्यालेस,क्लब,सिनेमा हल तथा स्कुल कलेजमा भने खोल्न अहिलेपनि प्रतिबन्ध छ ।
महासंघको निर्वाचन चैतमा हुनुपर्ने थियो । कोरोना भाइरसको कारण निर्धारित मितीमा महासंघको निर्वाचन हुन सकेको छैन ।
FACEBOOK COMMENTS