काठमाडौं, चैत १६ – नेपाल उद्योग वाणिज्य महासंघले दैनिक ज्यालादारी गरी परिवार पाल्ने श्रमिकलाई राहत वितरण गर्ने भएको छ । महासंघले भेलिदेखि चामल, दाल लगायतका खाद्यान्नका साथै मास्कसहितको मेडिकल उपकरण बाँड्न लागेको महासंघकस् अध्यक्ष भवानी राणाले बताइन् ।
महासंघले प्रत्येक श्रमिकलाई ५ किलो चामल र १ किलो दालको दरले वितरण गर्ने भएको हो । महासंघले लकडाउनका समयमा काम नपाएर भोकै रहेका श्रमिकलाई विभिन्न ठाउँमा गएर राहत सामग्री बाड्न लागेको हो । महासंघले सरकारसँग समन्वय गरी राहत सामाग्री वितरण गर्न लागेको अध्यक्ष राणाले बताइन् ।
यसका साथै महासंघले सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा उपचार कोषमा ५० लाख सहयोग गर्ने यसअघि नै घोषणा गरिसकेको छ भने डेढ करोड रुपैंया बराबरको खाद्य सामाग्री र औषधि बाँड्ने राणाले बताइन् ।
FACEBOOK COMMENTS