काठमाडौं, माघ ८- नेपाल उद्योग वाणिज्य नयाँ गठन गरेको स्टार्टअप एण्ड इनोभेसन समितिले स्टार्टअपहरुलाई सहयोग गर्ने भएको छ। नयाँ सोचसहितको व्यावसायिक योजना भएका तर पुँजी तथा व्यावसायिक कार्ययोजना नभएका व्यवसायीहरुलाई समितिले सहयोग गर्ने भएको छ।
समितिको बैठकले सुरुमा पचास वटा स्टार्टअपहरुलाई सुरुावाति पुँजी उपलब्ध गराउने निर्णय गरेको छ। व्यवसायको छनौट तथा सयहयोगको कार्यविधि बारे भने समितिले पछि तय गर्ने भएको छ।
समितिले स्टार्टअपहरुलाई सहयोग गर्नका लागि नीतिगत तहमा पहल गर्नेदेखि लिएर जनचेतना फैलाउनेसम्मका काम गर्ने निर्णय गरेको छ।
समितिले पायो पूर्णता
महासंघका कार्यकारिणी सिमिति सदस्य रन्जित आचार्यको संयोजकत्वमा गठित उक्त समितिले पूर्णता भएको छ। समिति सहसभापतिमा सिद्धान्तराज पाण्डे र सुमन शाक्य नियुक्त भएका छन्।
सदस्यहरूमा प्रकाश देव पालिखे,निरज खनाल, दिपेन्द्र चौलागाई, मौसमी श्रेष्ठ, सुमना श्रेष्ठ र स्वर्णा ताम्राकार चयन भएका छन्।
त्यस्तै आमन्त्रित सदस्यमा तेञ्जिङ्ग सोनर गोम्सर र कविराज जोशी चयन भएका छन्।
समितिको सल्लाहकारमा महासंघका पूर्व कार्यकारिणी समिति सदस्यद्वय ओम राजभण्डारी,शौरभ ज्योति र अनिल चित्रकार चयन भएका छन्।
FACEBOOK COMMENTS