काठमाडौं,चैत २०- सरकारले गरेको लकडाउनका कारण मारमा परेका दैनिक ज्यादारी मजदुर तथा विपन्न परिवारलाई उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीका अध्यक्ष केशव भण्डारीले मास्क तथा खाद्य सामाग्री वितरण गरेका छन् ।
नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर २ र ९ का अति विपन्न गरिब परिवारका लागी ७ सय थान मास्क सहीत चामल, चिउरा, भुजा लगाएतका खाद्यान्नका सामान वितरण गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए । भण्डारीले ती सामाग्री वडाध्यक्ष राजेन्द्र यादव र कन्हैया थारुलाई हस्तान्तरण गरेका हुन्।
लकडाउनको समयमा दैनिक ज्याला मजदुरी गरेर खानेहरुलेका छाक टार्ने समस्या भएको र त्यसका लागी आफूले सकेको सहयोग विपन्न वर्गका लागि वडा मार्फत हस्तान्तरण गरेको उनको भनाई छ । अवस्था हेरिकन आफूले विपन्न परिवारहरुलाई थप सहयोग गर्ने पनि उनले जानकारी दिए।
FACEBOOK COMMENTS