काठमाडौं,कार्तिक २८- वरिष्ठ उद्योगपति रुप ज्योतिलाई पक्राउ गरिएको विरोधमा नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंले विहीबार विहान आन्दोलन गरेको छ । संघले विहिबार विहान जुद्ध सालिक, नयाँ सडकबाट चरणबद्ध विरोधको कार्यक्रमहरु आयोजना गरेको हो ।
विरोध कार्यक्रममा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ,उधोग वाणिज्य महासंघ, ०३ नम्बर प्रदेशका अध्यक्ष दिनेशलाल श्रेष्ठ, नेपाल अटोमोबाइल्स डिलर्स एसोसियसन (नाडा) का उपाध्यक्ष कृष्ण दुलाल, कर्पोरेट ग्रुप अफ कम्पनीका अध्यक्ष उज्ज्वल जंग शाह लगायत अन्य व्यवसायीहरुको सहभागिता रहेको थियो । विरोध कार्यक्रममा पाँच सय जना व्यवसायीहरुको सहभागिता रहेको थियो ।
दुई पक्ष बीचको व्यवहारिक कारोबारमा भएको असहमती र विवादलाई दुई पक्षबीच सरकारी वा अदालती रोहबरमा राखी समाधान खोज्न सक्ने अवस्था हुँदा हुँदै हिरासतमा राखिनु गलत भएको विरोधमा उपस्थित सहभागीहरुले जनाएका छन् । व्यवसायीहरुले उनको शिघ्र रिहाइको माग गरेका छन् ।
FACEBOOK COMMENTS