नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष तथा सार्क चेम्बर अफ कमर्शका उपाध्यक्ष चण्डीराज ढकालको आमा रामरेखा ढकालको निधन भएको छ ।
रामरेखा ढकालको आज साँझ ५ बजे काठमाडौंको ओम हस्पीटलमा उपचारको क्रममा निधन भएको हो । स्वर्गीय ढकालको सोमबार ९ बजे ओम हस्पीटल बाट सव यात्रा शुरु भई पशुपति आर्यघाटमा हिन्दु बिधि अनुसार दाहसंस्कार गरिने परिवार स्रोतले जनाएको छ ।
स्वर्गीय ढकालको ४ छोरा र ५ छोरी छन् । स्वर्गीय ढकालको चारै जना छोरा व्यवसायी क्षेत्रमा आवद्ध छन् । जसमध्ये जेठा छोरा चण्डीराज ढकाल लामो समदेखि व्यवसाय आवद्ध भई नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष भई हाल सार्क चेम्बर अफ कमर्शमा समेत उपाध्यक्ष रहेका छन् ।
यस्तै उनका माईला छोरा नवराज ढकाल नेपाल प्रहरीका पूर्व एआईजी हुन् भने साईला छोरा टिकाराज ढकाल झापा उद्योेग संघको अध्यक्ष छन् भने कान्छा छोरा हेमराज ढकाल पनि हेरिटेज कार्पेटका संचालक तथा नेपाल उद्योग बाणिज्य महासंघका कार्यसमिति सदस्य तथा कृषि समितिका उपसभापति छन् ।कान्छा छोरा हेमराज ढकाल युरोप यत्रामा रहेकाले उनि नेपाल भोलि बिहान आई पुग्ने भएकोले दाहसंस्कार भोलि गरीन लागेको हो ।
ओम हस्पीटलमा साझ सम्बेदना दिन उद्योगि ब्यवसायीहरुको बाक्लै उपस्थीति थियो । नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष द्वय उमेश लाल श्रेष्ठ र किशोर प्रधान पुगेका थिए । त्यसै गरी कार्यकारी सदस्यहरु जय प्रसाद सिवाकोटी, कमला श्रेष्ठ, रविन कुमार श्रेष्ठ, प्रेदेश ३का अध्यक्ष दिनेश श्रेष्ठ, उद्योग वणिज्य संघ काठमाडौंका कोषाध्यक्ष सुषमा महरा , नेपाल वाणिज्य महासंघका पुर्व उपाध्यक्ष भाष्कर राजकणिकार , नेपाल चेम्वरका उपाध्यक्ष दिपक मल्होत्रा लगायतका थुप्रै ब्यवसायीहरुको घुइचो जारी छ ।
FACEBOOK COMMENTS