काठमाडौं– किड्नी ट्रान्सप्लान्ट गरेका उद्योगी दिवाकर गोल्छाको मंगलबार राती चेन्नईमा निधन भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भइसकेका गोल्छाको किड्नी ट्रान्सप्लान्ट गरेको दुई सातामै उनको निधन भएको हो।
उनको अग्रसरतामा २४ वटा उदयोग स्थापना भएका थिए। हुलास वायर, खाधान्न, श्रीराम सुगर मिल, इष्टर्न सुगर मिल, हुलास जस्तापाता लगायतका उद्योग स्थापना भएको थियो।
पारिवारिक स्रोतका अनुसार उनको पार्थिव शव विहिबारसम्म काठमाडौं ल्याएर पशुपतिमा अन्त्येष्टी गरिनेछ।
FACEBOOK COMMENTS