काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ र बैंकर्सबीच ब्याजदरमा देखिएको द्धन्द्ध अन्त्य गर्नको लागि छलफल भएको छ ।
महासंघले नै बैंकर र उद्योगी एकअर्काको परिपूरक भएको भन्दै द्धन्द्ध अन्त्यका लागि पहल सुरु गरेको हो।
महासंघले बैंकर्स संघलाईनै बोलाएर द्धन्द्ध अन्त्यको प्रयास थालेको छ।
महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले बैंकर र उद्योगीबीच एकअर्कामा परिपुरक रहेको बताउँदै दुबै पक्षबीच राम्रो सम्वन्ध हुनुपर्ने बताए ।
उनले बैंक र उद्योगी बीच असमझदारी देखिएकाले छलफल अघिबाढाएको बताएका छन् ।
FACEBOOK COMMENTS