श्रावण २५ — उपचार नपाउँदा बिरामीको मृत्यु भएको भन्दै वीरगन्जको नारायणी अस्पताल अगाडि प्रदर्शन भएको छ । पछिल्लो तीन दिनयता वीरगन्जमा उपचार नपाएर तीन जनाको मृत्यु भएको छ । आइबार बिहान करिब १० बजेको समयमा निषेधाज्ञा उल्लंघन गर्दै अस्पताल अगाडि स्थानीय विरोध प्रदर्शनमा उत्रेका गरेका हुन् ।
चिकित्सक र अस्पतालकाविरुद्धमा नारासमेत लगाएका थिए । अस्पतालको प्रसूति गृह अगाडि स्थापना गरिएको कोभिड बुथमा प्रदर्शनकारीले तोडफोड गरेका थिए । प्रदर्शनकारीले एउटा निजी गाडीको सिसा फुटाइदिएका छन् ।
भीडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो । प्रदर्शनकारीमध्येका एक छपकैयाका अमितकुमारले बिरामीलाई निजी अस्पतालले भर्ना गरून् र चिकित्सकले पनि लापरबाही नगरुन् भन्नका लागि विरोध प्रदर्शन गरिएको बताए । नारायणी अस्पतालका सबै सेवा सुचारुका लागि उनीहरुले माग गरेका थिए ।
प्रदर्शनकारी अस्पताल पुग्दा प्रहरी उपरीक्षक गंगा पन्त चिकित्सकहरुसँग बैठकमा सहभागी थिइन् । प्रदर्शन र तोडफोड हुने बित्तिकै प्रहरी परिचालन गरिएको थियो ।
FACEBOOK COMMENTS