काठमाडौं, भदौ २३ – उत्यकामा जारी निषेधाज्ञाका बारेमा समीक्षा गर्न उपत्यका मेयरहरुको फोरमको बैठक मंगलबार दिउसो १ बजे राष्ट्रिय सभागृहमा बोलाइएको छ।
यसअघि लगाएको निषेधआज्ञा बुधबार सकिन लागेकाले निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा सुझाव दिनका लागि छलफल गरिने गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले बताए ।
निषेधाज्ञाका सकारात्मकरनकरात्मक दुवै पक्षका विषयमा छलफल हुने उनले बताए । फोरमको बैठकले निषेधाज्ञाबारे साझा धारणा बनाएर सम्बन्धित निकायमा सुझाव पेस गर्नेछ।
मेयरहरुको फोरमले दिएको सुझावका आधारमा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लगाउँदै आएका छन्।
FACEBOOK COMMENTS