काठमाडौं, भदौ १७ – काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा थप्नेबारे आज निर्णय हुने भएको छ। काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू बसेर बुधबार निषेधाज्ञाबारे समीक्षा गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।
‘निषेधाज्ञाबारे बुधबार तीनै जिल्लाका सिडिओ ९प्रमुख जिल्ला अधिकारी०हरू बस्ने कुरा छ। निषेधाज्ञा थप्नेरनथप्नेबारे त्यही बैठकले निर्णय गर्छ,’ उनले भने। बुधबार बस्ने सिडिओहरूको बैठकले निषेधाज्ञाको समीक्षा गर्ने उनले बताए। निषेधाज्ञाको अवधि लम्ब्याउने वा खुकुलो पार्ने विषयमा पनि बुधबारमात्रै निर्णय हुने उनले जानकारी दिए।
काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न तीनै जिल्लाका सिडिओहरूले भदौ ३ गते राति १२ बजेबाट निषेधाज्ञाको आदेश जारी गरेका थिए। पहिलो पटक भदौ १२ गतेसम्म लागू भएको निषेधाज्ञा पुनः भदौ १७ गते ९आज० राति १२ बजेसम्मका लागि थप गरिएको थियो।
निषेधाज्ञा जारी गरिएकै अविधमा पनि काठमाडौं उपत्यकामा कोरोना संक्रमितहरूको संख्या भने घटेको छैन । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको मोडालिटी परिवर्तन गरेर एक साता थप गर्ने तयारी गरेका छन् ।
कोरोना संक्रमणको जोखिम कम नभएको निष्कर्षसहित फेरि एक साता निषेधाज्ञा थप गर्ने विषयमा मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेबीच भएको भर्चुअल बैठकमा निषेधाज्ञाको मोडालिटी भने केही परिवर्तन गर्ने विषयमा छलफल भएको हो ।
मंगलबार (हिजो)को बैठकमा होम डेलिभरी र टेकअवे सेवालाई खुला गरिने विषयमा समेत छलफल भएको छ भने निर्माणजन्य कामलाई खुला गरिने सम्भावना छ ।
तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बुधबार गृह मन्त्रालयका अधिकारीसँग छलफल गर्ने कार्यक्रम छ । गृहमा हुने छलफलपछि निर्णय हुनेछ ।
FACEBOOK COMMENTS