काठमाडौँ, पुष ४ – आज काठमाडौँ उपत्यकामा २८७ जनामा सङ्क्रमण देखिएको छ । तिमध्ये १२१ जना महिला र १६६ जना पुरुष छन् । सङ्क्रमति शून्य भएको जिल्ला मनाङ र ५०० भन्दामाथि सङ्क्रमित भएका जिल्ला काठमाडौँ, ललितपुर र कास्की हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर आज थप ७१० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको जनाएको छ । मन्त्रालयका अनुसार विभिन्न ८० वटा प्रयोगशालामा गरिएको परीक्षणमा ७१० जनामा सङ्क्रमण देखिएको हो । आज देखिएका नयाँ सङ्क्रमितमध्ये महिला ३०६ र पुरुष ४०४ जना छन् । विगत २४ घण्टामा चार हजार ७८० को पिसिआर परीक्षण गरिएको थियो ।
FACEBOOK COMMENTS