काठमाण्डौ, भदौ ४ – कमला ह्यारिसले उपराष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीको उम्मेद्वारी स्वीकार गरेकी छन् । यसका साथै उनी मुख्य राजीनतिक दलबाट उपराष्ट्रपति पदको उम्मेदवार बन्ने पहिलो अश्वेत र दक्षिण एसियाली मूलकी पहिलो महिला बनेकी छन् ।
ह्यारिसले भाषणका क्रममा आफूलाई भारत र जमैकाका आप्रवासीहरुको चेली बताउँदै ‘ट्रम्पको ४ वर्षीय विभाजनकारी कालखण्डपछि समावेशी सिद्धान्तहरुलाई फेरि स्थापित गर्न प्रयास गर्ने बताएकी छन् । गत साता डेमोक्रेटिक पार्टीका राष्ट्रपति पदका उम्मेद्वार जो बाइडनले भारतीय मूलकी सिनेटर कमला ह्यारिसलाई उपराष्ट्रपति पदको उम्मेदवार चयन गरेका थिए ।
बाइडन र ह्यारिस नोभेम्बर ३ मा हुन गइरहेको चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेंसविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।
डेमोक्रेटिक नेसनल कमिटीको कन्भेन्सनमा क्यालिफोर्नियाबाट सिनेटर बनेकी ह्यारिसले भाषणका दौरान ट्रम्पलाई असफल नेताको संज्ञा दिइन् । “ट्रम्प नेतृत्व गर्न असफल रहे,” उनले भनिन्, ‘उनी हामीमाथि आइपरेको विपत्तिलाई राजनीतिक हतियारमा परिणत गर्छन् ।”
FACEBOOK COMMENTS