काठमाण्डौं— ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र अमेरिकी राजदूत रेण्डी डब्लु बेरीबीच भेटवार्ता भएको छ।
सिंहदरवारस्थित ऊर्जा मन्त्रालयमा बिहीबार भएको भेटवार्तामा द्विपक्षीय हितका साथै ऊर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको हो।
भेटमा ऊर्जामन्त्री पुनले नेपालमा संविधान निर्माण र शान्ति प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको भन्दै हाल देशमा स्थिर सरकार भएकाले लगानीका लागि उपयुक्त वातावरण भएको धारणा राखेका थिए।
मन्त्री पुन र राजदूत बेरीबीच मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाको तयारीको विषयमा समेत छलफल भएको थियो।
आर्थिक विकासको गतिको आधारमा ऊर्जा मन्त्रालयले ऊर्जा क्षेत्रको स्वेतपत्र जारी गरेको भन्दै मन्त्री पुनले नेपाललाई १० वर्षमा १५ हजार मेगावाट बिजुली आवश्यक हुने जानकारी दिए।
— नागरीक
FACEBOOK COMMENTS