काठमाण्डौँ — नेपाल दूरसञ्चार प्राधिकरणले एक महिनाभित्र तार व्यवस्थित गर्न सेवा प्रदायकलाई निर्देशन दिएको छ ।
प्राधिकरणले सूचना प्रकाशित गर्दै एक महिनाभित्र तार व्यवस्थित नगरे सम्बन्धित निकायले तार हटाउने चेतावनी पनि दिएको छ ।
सेवा प्रदायकले तारलाई पोलमा व्यवस्थित रुपमा राख्न र आफ्नो तारमा नाम राख्न पनि निर्देशन दिएको छ ।
‘विजुलीको खम्बामा रहेका तथा लत्रिएका अव्यवस्थित, अनधिकृत तथा असुरक्षित तवरले राखिएका तारहरुले गर्दा सहरको सौन्दर्यमा प्रतिकुल असर गरेको छ ।
साथै आगलागी, विद्युतीय झटका र पैदल यात्रु तथा सवारी साधनको दुर्घटनाको कारण बनिरहेको प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS