काठमाण्डौं — भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्तमान सरकारले एक वर्षमा कसैले गर्न नसकेको काम गरेर इतिहास रचेको दाबी गरेका छन् ।
सोमबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले यस्तो दाबी गरेका हुन् ।
साक्षात्कारमा बोल्दै मन्त्री महासेठले मुलुक एकात्मक शासन व्यवस्थाबाट संघात्मक शासन व्यवस्थामा प्रवेश गरेकोले आफूहरूले सोहीअनुसार व्यवस्थापन गर्न समय खर्चिएको स्पष्ट पारे ।
मन्त्री महासेठले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमै ८ सय किलोमिटर रोड पिच गरेको पनि दाबी गरे ।
सरकारले विकास निर्माणका कामलाई पनि द्रुत गतिमा अघि बढाएको उनले जनाए
त्यस्तै, काठमाडौं–केरुङ र रक्सौल–काठमाडौं रेलमार्गको लागि प्रि–फिजिविलटीको काम सम्पन्न भएको उनले जनाए ।
— कारोबार
FACEBOOK COMMENTS