काठमाडौं –जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७४/ ७५ मा ५१ अर्ब २ करोड १३ लाख ९४ हजार १ सय ९५ रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
१८ वटा जीवन बीमा कम्पनीहरुले एक वर्षको अवधिमा उक्त परिमाणमा बीमा शुल्क आर्ज गरेका हुन् । यस अवधिमा पुराना बीमा कम्पनीहरुले ४७ अर्ब ९३ करोड ७७ लाख ९६ हजार २ सय ६९ रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
अघिल्लो आर्थिक वर्षको तुलनामा पुराना बीमा कम्पनीहरुको बीमा शुल्क २३ दशमलव ७९ प्रतिशतले वृद्धि भएको छ ।
बीमा शुल्क आर्जन वृद्धिदर बढाउने पहिलो नम्बरमा एनएलआईसी कम्पनी देखिएको छ ।
FACEBOOK COMMENTS