काठमाडौं, भदौ १४ – नेपालले अघिल्लो आर्थिक वर्ष २०७६/७७मा झण्डै एक अर्ब रुपैयाँको विजुली भारत निर्यात गरेको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार, नेपालले गत आवमा ९५ करोड ७० लाख रुपैयाँको विद्युत भारत निर्यात गरेको हो ।
आर्थिक वर्ष २०७५/७६ मा ४१ अर्ब ३० करोड रुपैयाँको विद्युत निर्यात गरेको प्राधिकरणले त्यसलाई बढाएर गत आर्थिक बर्षमा ९५ करोड ७० लाख रुपैयाँ पुर्याएको हो ।
प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, गत आवमा ९ करोड युनिट ऊर्जा निर्यात गर्ने लक्ष्य राखेकोमा १० करोड ७० लाख युनिट विद्युत निर्यात भएको छ । यो कुल आयातको तुलनामा ६ प्रतिशतबराबर हो ।
नेपालले कुशहवा–कटैया, परवानीपुर–रक्सौल, ढल्केबर–मुजफ्फरपुर र रामनगरबाट भारत विद्युत निर्यात गरिएको हो ।
यता भारतबाट आयात हुने विद्युतको अंश घट्दै गएको छ भने नेपालबाट भारतर्फको निर्यात बढेको छ । गत अवमा प्रणालीमा उपलब्ध ७ अर्ब ७४ करोड युनिट ऊर्जामध्ये भारतबाट २२.३४ प्रतिशत आयात भएको छ ।
FACEBOOK COMMENTS