काठमाण्डौँ — विराटनगर नाकाबाट सहज रूपमा व्यापार व्यवसाय सञ्चालन गर्न एकीकृत भन्सार जाँच चौकी अस्थायी रूपमा सञ्चालन गर्ने सहमति भएको छ ।
भारतलगायत तेस्रो मुलुकबाट आएको सामान बोकेको मालबाहक सवारीको जामको समस्या समाधानका लागि नेपाल–भारत समन्वय समिति सहमत भएको हो ।
समितिको असोज २९ गते भएको बैठकले विराटनगरस्थित जाँच चौकी अस्थायी रूपमा सञ्चालन गर्ने सहमति भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बैठकमा जाँच चौकीलाई तत्काल अस्थायी रूपमा सञ्चालन गरेर जाम हटाई व्यापार व्यवसाय सहज बनाउने सहमति भएको हो ।
विराटनगर भन्सार कार्यालयका प्रमुख मीमांस अधिकारीले जाँच चौकीमा गेट र कोठा निर्माणको काम भएपछि विभागको पत्रअनुसार जाँच चौकी सञ्चालनमा आउने बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS