काठमाडौँ, आश्विन २५ – जिल्लामा एकै दिन ३० जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा २३ नम्बर बाहिनी अड्डाका १८ जना र अर्जुनवाण गण घोडाबाँधेका १२ जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकल पर्सन याम बरालले बताए । यसअघि गत बुधबार नेपाली सेनाका २८ जनामा एकै पटक कोरोना संक्रमण देखिएको थियो ।
शनिबार राती ३० सैनिकसहित दुई प्रहरी, एक थुनुवा, एक व्यवसायी र उच्च अदालत पोखरा इजलास बागलुङका दुई कर्मचारी गरेर ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।
FACEBOOK COMMENTS