काठमाडौं, भदौ १ – मोरङको बेलबारीमा एकैदिन दशजना कोरोना संक्रमित थपिएका छन् । थपिएकामध्ये एकैपरिवारका आठजना रहेका छन् । उनीहरू बेलबारीको १ र २ नम्बर वडामा बसोवास गर्ने गरेका थिए ।
परिवारका एक सदस्य एक हप्ताअघि कोरोना संक्रमित भएपछि उनका परिवारका सदस्य तथा सम्पर्कमा आएका जम्मा २१ जनाको परीक्षण गर्दा दशजनामा पुष्टि भएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए । विश्वकर्माका अनुसार संक्रमित हुने १२ वर्षदेखि ६६ वर्ष उमेर समूहका रहेका छन् । संक्रमित हुनेहरूलाई कोभिड अस्पताल लैजाने तयारी भइरहेको विश्वकर्माले बताए ।
१० जना बढेसँगै बेलबारीमा संक्रमितको संख्या १८ पुगेको छ । जसमा चारजना निको भएर घर फर्किसकेका छन् भने अन्य चारजनाको कोभिड अस्पतालमा उपचार भइरहेको नगरपालिकोको स्वास्थ्य शाखाले जनाएको छ ।
FACEBOOK COMMENTS