काठमाडौं – एनसेल प्रालिको मुख्य लगानीकर्ता एक्जिएटाले ३५ अर्ब लाभांश लगेको छ ।
करिब ८ महिनाको अवधिमा एक्जियताले लाभांश बापत करिब ३५ अर्ब रुपैयाँ बराबरको मुद्रा विदेश लगेको हो ।
राष्ट्र बैंकले १२ अर्ब, १५ अर्ब र ८ अर्ब रुपैयाँ गरी तीन पटकमा करिब ३५ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सटही गरिदिएको स्रोतले बतायो । ।
१० करोड रुपैयाँ सेयर पुँजी भएको एनसेलमा एक्जिएटाको ८ करोड रुपैयाँ (८० प्रतिशतं) सेयर पुँजी छ । एनसेलमा एक्जिएटा प्रवेश गरेपछि मात्रै ४४ अर्ब रुपैयाँ लाभांश लगिसकेको छ ।
एक्जिआटाले दुई वर्षअघि मात्रै ९ अर्ब रुपैयाँ लाभांश लगेको थियो । करिब ६० अर्ब कर बक्यौता भएको कम्पनीलाई लाभांश दिन उद्योग विभाग र राष्ट्र बैंकले सहमति दिएपछि चौतर्फी विरोध भएपछि राष्ट्र बैंकको विनिमय व्यवस्थापन विभागले लाभांश लैजान रोकेको थियो ।
राष्ट्र बैंकले २०७४ असार २६ गते कर दायित्व पूरा नगर्ने कम्पनीलाई लाभांश बापतको सटही सुविधा नदिने निर्णय लिएको थियो ।
तर, एनसेलले लाभांश लैजाना पाउनुपर्ने माग सहित सर्वोच्च अदालतमा मुद्दा हाल्यो । २०७४ पुसमा न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले एक्जिएटालाई लाभांश विदेश लैजान अन्तरिम आदेश जारी गरेका थिए ।
FACEBOOK COMMENTS