काठमाडौँ, कार्तिक १८ – एक्सन एड नेपालले स्वास्थ्यकर्मीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९ हजार बढी पिपिई उपलब्ध गराएको छ।
कोरोना संक्रमितको पहिचान र उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि भन्दै एक्सनएडले मन्त्रालयलाई १ करोड ६२ लाख मूल्य बराबरको ९ हजार ४ सय ५७ थान पिपिई उपलब्ध गराएको हो। एक्सनएन नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई मंगलबार उक्त पिपिई हन्तान्तरण गरिन्।
उक्त पिपिई आवश्यकता रहेका ठाउँमा पठाइने मन्त्रालयका सचिव लक्ष्मण अर्यालले बताए। कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीलाई जोगाउन पिपिई महत्वपूर्ण हुने उनले बताए।
प्राप्त भएकामध्ये ४ हजार थान मन्त्रालयले आवश्यकता अनुसार वितरण गर्ने र बाँकी रहेका पिपिई उक्त संस्थाले काम गरिरहेको काठमाडौं, ललितपुर, भक्तपुर, बर्दिया, बाजुरा, डोटी र सिरहाका स्वास्थ्यकर्मीलाई वितरण एक्सनएडले जनाएको छ।
FACEBOOK COMMENTS