काठमाडौँ — सर्वोच्च अदालतले सोमबारको अन्तरिम आदेशमार्फत चीन, जापान, दक्षिण कोरिया, बहराइन र इरानलगायतका मुलुकबाट नेपाल आउने एयरलाइन्सलाई तत्कालका लागि रोक लगाउन सरकारलाई दिएको आदेश छ ।
तर एयरलाइन्सका एजेन्टहरु मार्फत उड्डयनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, विश्व स्वास्थ्य संगठन, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ), अन्तर्राष्ट्रिय हवाई यातायात संगठन लगायतले कुनै पनि मुलुकलाई हवाई सेवा रोक्ने अधिकार प्रदान गरेको हालसम्म देखिएको छैन । भन्दै कुनै पनि एयरलाइन्सलाई नरोक्ने वताएको छ ।
विज्ञहरुका अनुसार सामान्य अवस्थामा मात्र अन्तर्राष्ट्रिय उडान सम्वधी कानुनको पालना गर्ने हो तर भिष्म परिस्थीतिमा यो वा त्यो भन्नेहुदैन ।
कोरोनाको प्रकोप रोकथाम गर्न अन्तर्राष्ट्रिय उडान रोक्नुपर्ने होरहोइन भनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नागरिक उड्डयन प्राधिकरणलाई दुई दिनभित्र प्रतिवेदन बुझाउन तीन दिनअघि भनेका थिए । तर प्राधिकरणले हवाई क्षेत्रका विज्ञ भनि एयरलाइन्सका एजेन्टहरु जम्मागरी ‘राज्यले उडान रोक्न नसक्ने’ भनि पठाएको स्रोतले जनाएको छ ।
FACEBOOK COMMENTS