काठमाडौं– नेपाल राष्ट्रबैंकले चिनियाँ ह्याकरले बैंकको एटिएमबाट लुटेको पैसा कुनै पनि ब्यक्तिको खाताबाट नझिकिएको दाबी गरेको छ ।
राष्ट्र बैंकका भुक्तानी तथा फर्छ्यौंट विभागका कार्यकारी निर्देशक बमबहादुर क्षेत्रीले खातावालाहरुतिर नपुग्दै ह्याकरले प्रणालीबाट एकोहोर पैसा झिकेको बताए।
राष्ट्र बैंकले केही समयअघि बैंकर, प्रणाली सञ्चालकहरुसँग छलफल गरेको थियो। अब राष्ट्र बैंकसहितको टोलीले प्रहरीसँग पनि थप छलफल गर्ने भएको छ।
एटिएमबाट पैसा लुटिएपछि अहिले जुन बैंकको कार्ड हो त्यही बैंकको मेसिनबाट मात्र पैसा झिक्न मिल्छ। एउटा बैंकको कार्ड अर्को बैंकको मेसिनमा छिराएर पैसा निकाल्न बन्द गरिएको राष्ट्र बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS