काठमाडौं, मंसिर २८ – एन आई सी एशिया बैंक लिमिटेड र फुडमान्डुबीच एन आई सी एशिया बैंकले उपलब्ध गराएको विभिन्न डिजिटल प्रविधिमार्फत् भुक्तानी संकलन गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता अनुसार कुनै पनि बैंकका ग्राहकहरुले फुडमान्डुबाट आफूले इच्छाईएको खानेकुरा अर्डर गर्दा कार्ड तथा मोबाइल बैकिङ्ग प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् ।
यस सम्झौतासँगै सीमित अवधिका लागि एन आई सी एशिया बैंक लगायत अन्य विभिन्न बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले फुडमान्डुबाट खानेकुरा अर्डर गरीे क्यु आर कोडमार्फत् भुक्तानी गर्दा २५% वा अधिकतम् चार सयसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
FACEBOOK COMMENTS