काठमाण्डौँ — एनआईसी एसिया बैंकले ‘अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आई एस ओ ९००१ː २०१५’ पाउन सफल भएको छ ।
यस्तो अवार्ड यूनाईटेड रेजिष्टार अफ सिस्टम (यूएसआर) यूकेले प्रदान गर्ने गर्दछ ।
विश्वासिलो, आधुनिक र सहज बैंकिङ सेवा प्रदान गरेर आम जनमानसको मन जित्न सफल एन आई सी एशिया बैंकले पुनः अर्को गरिमामय प्रमाणपत्र पाउन सफल भएकोमा खुशी व्यक्त गरेको छ ।
हाल बैंकले २७० शाखा कार्यालय, २८९ एटीएम काउण्टर, ३७ वटा एक्सटेन्सन काउण्टर एंव २२ वटा शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय एंव आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
FACEBOOK COMMENTS