काठमाडौं, मंसिर १६ – पुँजीसहित एनआईसी एशिया डाईनामिक डेब्ट फण्डले निष्काशन गरेको प्राथमिक निष्काशन आजदेखि बन्द हुने भएको छ। माग भन्दा बढी आवदेन परेकाले आजसम्म मात्रै बिक्री खुला गर्ने फण्डको बिक्री प्रवन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ।
एनआईसी एशिया क्यापिटलले ५० करोड रुपैयाँको बीज पुँजीसहित नेपालमै दोस्रो खुलामुखी एनआईसी एशिया डाईनामिक डेब्ट फण्ड सञ्चालनमा ल्याएको हो। क्यापिटलले गत मंसिर १२ गतेदेखि सर्वसाधारणका लागि प्रति इकाइ १० रुपैयाँका दरमा एक करोड २५ लाख इकाई जारी गरिरहेको छ।
५० करोड रुपैयाँको बीज पुँजीमध्ये १५ प्रतिशत अर्थात् ७ करोड ५० लाख रुपैयाँ कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित राखिएको छ। बाँकी ४२ करोड ५० लाखमध्ये प्रथम चरणमा १२ करोड ५० लाख रुपैयाँ सर्वसाधारणका लागि सार्वजनिक रुपमा जारी गर्नेछ। बाँकी पुँजीका लागि भने फण्डले साप्ताहिक न्याभ रिपोर्टका आधारमा तय भएको मूल्यलाई आधार मानी लगानीकर्ताको माग अनुसार खरिद–बिक्री गर्दै जान सक्ने छ। यस्तो फण्डको आधार लगानीकर्ताको माग तथा आपूर्तिका आधारमा तलमाथि हुन्छ।
फण्डले आर्जन गरेको नाफा वर्षमा एक पटक साधारणसभा गरेर वितरण गर्न सक्ने छ। लगानीकर्ताले सुरुमा न्युनतम १०० इकाई र अधिकतम ५० लाख इकाइसम्मका लागि आवेदन दिन सक्ने छन्।
FACEBOOK COMMENTS