काठमाडौं, साउन २६ । एनआईसी एशिया बैंक लिमिटेड र चौराहा हस्पिटल प्रा.लि, कालिकानगर, बुटवलबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई चौराहा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको छुट प्रदान गर्ने भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख तिलक सुन्दर कार्की र चौराहा अस्पतालको तर्फबाट अस्पतालका अध्यक्ष सुदन ज्ञवाली हस्ताक्षर गरे ।
हालसम्म यस बैंकले देशभर २९५ शाखा कार्यालयहरु, ३२१ एटिएम, ५७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS