काठमाडौं, फागुन १२- एनआईसी एशिया बैंक लिमिटेड र नेपा हिमा ट्रेड लिंक प्रा.लि. बीच यस बैंकका ग्राहकलाई सोनीका आउटलेटहरू तथा केही आधिकारिक विक्रेताहरूबाट सोनी ब्राभिया टेलिभिजन (Model No: 65X8000G, 65X9500G, 55A8G, 55A8F and 55A1) को खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र कम्पनीका तर्फबाट कार्यकारी निर्देशक राजेश तुलाधरले हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौता अनुसार यस बैंकका ग्राहकहरूले बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा बैंकको आफ्नै POS /QR Code प्रयोग गरि सोनी ब्राभिया का उपरोक्त उल्लेखित मोडलहरूको टेलिभिजन खरिद गर्दा प्रत्येक खरिदमा १०% वा अधिकतम रू. २,०००÷ सम्म छुट प्राप्त गर्न सकिनेछ । यो योजना २०७६ फागुन १२ गतेदेखि २९ गतेसम्म लागू हुनेछ । बैंकका ग्राहक महानुभावहरूको अधिकतम लाभका लागि यो योजना ल्याइएको हो ।
बैंकले कार्ड तथा मोबाइल बैंकिङ्गबाट गरिने विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्दै आएको छ । जसअनुसार बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाग्राहीहरूले यस बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गका माध्यमहरूबाट विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,२०० वटा भन्दा बढि मर्चेन्टहरूबाट आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट देशभर रहेको विभिन्न ख्यातिप्राप्त अस्पतालहरू, होटल, रिसोर्ट, रेस्टुराँ तथा विभिन्न सेवा तथा सामान विक्री गर्ने स्थानहरूबाट ग्राहकहरूले सजिलै प्राप्त गर्न सक्नेछन् ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४४६ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
FACEBOOK COMMENTS