काठमाडौं, भदौ ३० । ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकले थप नयाँ तीनवटा शाखा विस्तार गरेको छ ।
बैंकले सोलखुम्बूको सल्लेरी, कन्चनपुरको दोधारा चाँदनी र खोटाङ्गको दिक्तेलमा शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो । बैंकले सञ्चालनमा ल्याएको सोलखुम्बू जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं ५, सल्लेरी स्थित सल्लेरी शाखाको उद्घाटन सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले गरे ।
त्यस्तै कन्चनपुर जिल्ला महाकाली नगरपालिका वडा नं ६, दोधारा चाँदनी स्थित दोधारा चाँदनी शाखाको उद्घाटन महाकाली नगरपालिकाका मेयर बीर बहादुर सुनारले गरे भने, खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १, दिक्तेल स्थित दिक्तेल शाखाको उद्घाटन रुपाकोट मझुवागढी नगरपालिकाका मेयर श्री दिपनारायण रिजालले गरे ।
बैंकले हालसम्म देशभर २९८ शाखा कार्यालयहरु, ३५६ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने गर्दै आएको छ ।
FACEBOOK COMMENTS