काठमाण्डौँ — एन आई सी एशिया बैंकले ‘स्मार्ट टेलर’ संचालनमा ल्याएको छ ।
बैंकले आफ्नो सम्पुर्ण शाखा कार्यालयहरुमा रहेका टेलरलाई आधुनिकिकरण गरि ‘स्मार्ट टेलर’ संञ्चालनमा ल्याएको जनाएको छ ।
यस ‘स्मार्ट टेलर’ मार्फत बैंकका ग्राहकहरूले चेक विना नै आफ्नो मोवाईल बैंकिङ्ग तथा डेविट कार्ड प्रयोग गरि काउन्टरबाट रकम झिक्न सक्नेछन् ।
यस कार्यले डिजिटल बैंकिङ्गको विकासमा बैंकले थप उचाई प्राप्त गर्ने बिश्वास बैंकले लिएको छ ।
FACEBOOK COMMENTS