काठमाडौं, चैत ५ – एनआईसी एशिया बैंकले १५ लाख रुपयाँ दावी बीमारकम भूक्तानी गरेको छ । बैंकले झापाको विर्तामोड निवासी महेश अग्रवाललाई औषधी उपचार बीमाअन्तर्गत उक्त दावी रकम प्रदान गरेको हो ।
अग्रवालले बैंकले ल्याएको चमत्कारिक निक्षेप योजनाअन्तर्गत ‘डायमण्ड’ श्रेणीको खाता खोले वापत उक्त रकम प्राप्त गरेको बैंकले जनाएको छ । उनले ओपन हर्ट सर्जरी भए पश्चात उक्त खाताभित्र घातक रोगहरूको बीमा सुविधाअन्तर्गतको बीमा रकम दावी गरेको जनाइएको छ ।
बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका १ सय २७ भन्दा बढी ग्राहकले बीमा वापतको ८७ लाख रुपैयाँ भन्दा बढी रकम प्राप्त गरिसकेको बैंकले जनाएकोे छ ।
बैंकले मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४५७ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिदै आइरहेको छ ।
FACEBOOK COMMENTS