काठमाण्डौं– एन आई सी एशिया बैंक लिमिटेडले ६ महिनामा १ अर्ब ५१ करोडको खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
चालु आ.व. २०७५/७६ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको बैंकको वित्तीय विवरणका परिसूचकहरु अत्यन्त उत्साहजनक देखिएको छ ।
बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १७२ प्रतिशत (१ अर्ब ३५ करोड) ले वृद्धि गरी २ अर्ब १४ करोडको सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ।
बैंकको खुद मुनाफा तर्फ वार्षिक विन्दुगत आधारमा १६४ प्रतिशत ( ९४ करोड) को वृद्धि सहित १ अर्ब ५१ करोडको खुद मुनाफा आर्जन गर्न सफल भएको हो ।
गत वर्षको सोही अवधिको खुद मुनाफा ५७.१८ करोड रहेको थियो ।
FACEBOOK COMMENTS