काठमाडौं, फागुन २६ – एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाले मर्जर पश्चात चैत ८ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् । यी दुई कम्पनी एक भई एनआईसी एशिया लघुवित्त वित्रयि संस्थाको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन ।
मर्जरका लागि यी दुबै कम्पनीको माघ ४ गते सम्पन्न छुट्टाछुट्टै वार्षिक साधारण सभाबाट प्रस्ताव पारित गरेका थिए । स्वदेशी लघुवित्तको मर्जर अघिको अन्तिम दिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु नयाँ संस्था एनआईसी एशिया लघुवित्तले सकार्ने गरी नियामक निकायबाट अन्तिम स्वीकृति प्राप्त गरी यी कम्पनीहरुले एकिकृत कारोबार सुरु गर्न लागेका हुन ।
मर्जर पश्चात कम्पनीको केन्द्रिय कार्यालय इटहरी उप–नगरापालिका वडा नं. ९, सुनसरीमा रहनेछ । डाटा माईग्रेसन प्रयोजनका लागि दुवै कम्पनीको चैत ६ गतेको दिन सम्पूर्ण कारोबार बन्द रहने कम्पनीले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS