काठमाडौं, मंसिर २४ -एनआईसी एशिया लघुवित्तले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीको सोमबार सम्पन्न दोस्रो साधारणसभाले नियामक निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त भए पश्चात सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने निर्णय गरेको हो ।
यसैबीच सोमबार नै बसेको संस्थाको ३९ औँ सञ्चालक समितिको बैठकले कपिल ढकाललाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । ढकाल हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् ।
ढकालले सोमबारै नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक श्री देवकुमार ढकालबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
लघुवित्तले १९ जिल्लाहरुमा ६१ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ । लघुवित्त संस्था एनआईसी एशिया बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो ।
FACEBOOK COMMENTS