काठमाण्डौँ — एनआईसी एशिया बैंक लिमिटेडले नेपालमै पहिलोपटक नयाँ योजना सार्वजनिक गरेको छ ।
आउँदै गरेको शुभ दिपावली तथा भाइटिकाको उपलक्ष्यमा ‘सोच बदलौं ‘ भाइटिकाको उपहार स्वरुप रकम ट्रान्सफर रोजौं’ भन्ने मूल नाराका साथ यो योजना सार्वजनिक गरेको हो ।
यो योजनाअन्तर्गत बैंकले आफ्ना ग्राहकहरूलाई १०० रुपैयाँको बोनस उपलब्ध गराउनेछ ।
भाइटिकाको उपलक्ष्यमा ग्राहकहरूले दिने दक्षिणा स्वरुपको रकम बैंकको मो बैंकबाट रकम ट्रान्सफर गर्दा १०० रुपैयाँ बराबरको बोनस रकम प्राप्त गर्नेछन् ।
बोनस रकम दक्षिणा प्राप्त गर्ने ग्राहकहरूले पाउने छन् ।
FACEBOOK COMMENTS