काठमाडौँ । एनआईसी एशिया बैंकले ल्याएको न्यू सुपर चमत्कारी बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापत १० लाख बीमा रकम भुक्तानी गरेको छ ।बैंकको झापा जिल्लास्थित दमक शाखामा न्यू सुपर चमत्कारी बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोलेका दमक निवासी ४४ वर्षिय गजेन्द्र विक्रम कटुवाललाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरेको हो ।
निजलाई बैंकको प्रदेश १ का डेपुटी पिएइ प्रकाशचन्द्र अधिकारीज्यूले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।उक्त बीमा रकम एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरिएको बैंकले जानकारी दिएको छ । बैंकको बीमा सुविधाबाट प्राप्त रकमले अप्ठ्यारोको बेला ठूलो राहत पुगेको गजेन्द्र विक्रम कटुवालले बताए ।
बैंकको अनुसार बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ४८५ जना भन्दा बढी ग्राहकहरूले बीमा वापतको ३ करोड २० लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।बैंकले मुलुकभर रहेका ३५६ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७० वटा विस्तारित काउण्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS