काठमाण्डौँ — एन आई सी एशिया बैंक लिमिटेडले नेपालीहरूको चाडपर्वमा विभिन्न योजनाहरू सार्वजनिक गर्दै आइरहेको छ ।
यसै क्रममा यस बैंकले आउँदै गरेको शुभ–दिपावलीको उपलक्ष्यमा कुनै पनि सामान खरिद गरी यसको भुक्तानीमा एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग तथा क्युआर कोडको माध्यमबाट कारोबार गर्दा ५% वा रु.५०० सम्मको छुटको ब्यवस्था गरेको छ ।
ग्राहकहरूलाई ‘नछुटोस् छुट पाउने मौका’ भन्ने योजनामा सहभागी भई सामान खरिद गरीसके पछि भुक्तानी गर्दा एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग तथा क्यूआर कोड भुक्तानी गरी ५% वा ५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
उक्त बैंकको मुलुकभर २६५ शाखा कार्यालयहरु, २६५ एटिएम, २७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS