काठमाण्डौँ — गैरआवसीय नेपाली संघको मध्यपुर्व सम्मेलन संयुक्त राष्ट्र्र्र इमिरेट्स (युएई) को दुबईमा शुक्रबारबाट शुरु भएको छ ।
सम्मेलनको उद्घाटन गर्दै खानेपानी तथा सरसफाई मन्त्री विना मगरले वैदेशिक रोजगारलाई ऐच्छिक बनाउन चाहिरहेको वताइन् ।
यस्तै एनआरएनका अध्यक्ष भवन भट्टले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको सामाजीक सुरक्षाको लागि पेन्सन फन्ड तयार गर्ने अबधारणा ल्याएको बताए ।
सम्मेलनमा कतार, साउदी अरव, बहराइन, ओमन, कुबेत लगायत मध्यपुर्वका देशबाट प्रतिनिधि सहभागी भएका छन् ।
सम्मेलनमा सुरक्षीत र मर्यादीत वैदेशिक रोजगारी, आप्रवासी कामदारको ज्ञान, सीप, विप्रेषण र उद्यमशिलता समृद्दिको लगायत बिषयमा छलफल भइरहेको छ ।
एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले मध्यपुर्व क्षेत्रमा कार्यरत झन्डै २० लाख नेपालीको मुद्धा र सवालमाथि सम्मेलनले सम्बोधन गर्ने संयोजक आर के शर्मले बताए ।
सम्मेलन युएई घोषणा पत्र जारी गर्दै शनिवार सकिनेछ ।
—कारोबार
FACEBOOK COMMENTS