काठमाडौं, वैशाख २ – एनएमबि बैंकले नयाँ वर्ष २०७८को अवसरमा ओम्नि च्यानल प्रयोग गरी निशुल्क पैसा पठाउन सकिने जनाएको छ । बैंकले नयाँ बर्षमा बैशाखको पहिलो हप्ता, जेष्ठको पहिलो हप्ता र असारको पहिलो हप्ताभरी ओम्नि च्यानल मार्फत अन्तर बैंक रकम स्थानान्तरण गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको हो एनएमबि बैंक नेपालमा डिजिटल भुक्तानीको लागी ओम्नि च्यानल भित्र्याउने पहिलो बैंक हो ।
प्रत्येक महिनाको पहिलो हप्ता ग्राहकहरुले विभिन्न प्रयोजनका लागी सेवा प्रदायकहरुलाई रकम भुक्तानी गर्नु पर्ने हुन्छ, त्यसैले बैंकले ग्राहकहरूलाई ओम्निच्यानल (एप वा वेब) प्रयोग गर्न प्रोत्साहन गर्नुको साथै अन्य बैंकमा पैसा पठाउँदा शुल्क नलाग्ने सुविधाबाट लाभान्वित हुन अनुरोध गरेको छ । बैंकले निकट भविष्यमा विभिन्न थप ब्राण्डहरुसँग सहकार्य गदै लैजाने जनाएको छ ।
देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको एनएमबि बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS