काठमाडौं, भदौ १३ – एनएमबि बैंक लिमिटेड र आईएमएस बीच मोबाइल फोनको खरीदमा ०% ईएमआईमा कर्जा प्रदान गर्ने विषयमा सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंङ्किङ रोशन रेग्मी र आईएमएसका तर्फबाट प्रबन्धक–सेल्स एण्ड अपरेशन नारायण प्रसाद भुषालले हस्ताक्षर गरे ।
यसअन्तर्गत एनएमबिका ग्राहकहरुले सामसङ मोबाइलको आधिकारीक वितरक आईएमएसबाट स्मार्टफोन र अन्य ग्याजेटहरुको खरीदमा ‘एनएमबि सुलभ किस्ता’ योजनाअन्तर्गत ९ महिनासम्मको सरल किस्तामा समानहरु खरीद गर्न सक्नेछन् ।
FACEBOOK COMMENTS