काठमाडौं, माघ २६ – एनएमबी बैंकले चालू अर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा १ अर्ब ६६ करोड ३१ लाख ८० हजार खुद मुनाफा आर्जन गरेको छ । यो गत वर्षको यही अवधिको तुलनामा ४७।४० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब १० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिसम्म बैंकले १ अर्ब ११ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ।दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ५१ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। गत वर्ष यही अवधिसम्म सञ्चालन मुनाफा १ अर्ब ५६ करोड रुपैयाँ रहेको थियो ।
बैंकको खुद ब्याज आम्दानीमा वृद्धि हुँदा मुनाफा पनि उल्लेख्य वृद्धि भएको छ । बैकले सम्भावित कर्जा जोखिम बापतको ब्यवस्थामा ६० करोड भन्दा माथि रकम छुट्याउँदा पनि मुनाफामा उल्लेख्य सुधार भएको छ । गत आर्थिक वर्षको बैंकले सम्भावित कर्जा जोखिमको लागि ९ करोड मात्रै छुट्याएको थियो ।
बैंकले १ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ९७ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
पुष मसान्त सम्ममा ११ अर्ब ५२ करोड ९७ लाख ४२ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा ५ अर्ब २१ करोड ५१ लाख ९७ हजार राखेको छ । यस्तै बैंकको संचित कोषमा २ अर्ब ४५ करोड ६५ लाख २ हजार र शेयर प्रिमीयममा १ अर्ब ५४ करोड १४ लाख १३ हजार रहेको छ ।
बैंकले खराब कर्जामा सामान्य वृद्धि भएको छ । गत वर्ष ०.७६ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्षमा वृद्धि भएर १.९६ प्रतिशत कायम भएको छ । त्यस्तै बैंकको सिसिडि रेसियो ७७.५५ प्रतिशत, पुँजीकोष अनुपात १६.०५ प्रतिशत रहेको बैंकको कोषको लागत ७.७० प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड रेट) ५.०३ प्रतिशत र आधार ब्याजदर १०.१२ प्रतिशत रहेको छ । यस्तै प्रतिशेयर आम्दानी ३० रुपैयाँ ४० पैसा, प्रतिशेयर नेटवर्थ १ सय ८८ रुपैयाँ ५५ पैसा र मुल्य आम्दानी अनुपात ११.८१ गुणा रहेको छ ।
FACEBOOK COMMENTS