काठमाण्डौँ — नेपाल क्रेडिट एण्ड कमर्स बैंकले ‘एनसीसी नेपाली नागरिक बचत खाता’ सञ्चालनमा ल्याएको छ ।
नेपाल सरकारको ‘समृद्धिसँग जोडौ नाताः सबै नेपालीको बैंक खाता’ भन्ने नारा सहित ‘खोलौ बैंक खाता अभियान २०७६’लाई पूर्ण सफल बनाउनको लागि सो बैंकले उक्त अभियान सञ्चालनमा ल्याएको हो ।
२०७६ वैशाख १ गते देखि लागू हुने उक्त बचत खाता खोल्ने व्यक्तिहरुलाई बैंकले आफ्नै तर्फबाट १ सय खातामा जम्मा गरिदिने जनाएको छ ।
बैंकको मुलुकभर १२२ वटा शाखा र ७४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
FACEBOOK COMMENTS