काठमाडौँ — नेपाल क्रेडिट एण्ड कमर्श बैक अन्तर्गतको एनसीसी अवकाश कोषले संचित बचतको ७०% लाभांश वितरण गरेको छ ।
एनसीसी बैंक अवकाश कोषले देशभर रहेका १२२ शाखाहरु मार्फत संचयकोष, अवकाश कोष, उपदान कोष, संचित बिदा कोष लगायत अन्य कोषहरुको खाता खोल्ने, संचित बचतको ९०% सम्म कर्जा दिने एवं अवकाश पाएका कर्मचारीहरुलाई संचित कोष रकम फिर्ता भुक्तानी दिने जस्ता कार्यहरु गर्दै आईरहेको छ ।
यो कोष नेपाल राष्ट्र बैंक र नेपाल सरकार आन्तरिक राजश्व विभागबाट स्वीकृती लिई विगत १६ वर्ष देखि छुट्टै यूनिटको रुपमा संचालित छ ।
यस कोषले गत २०७५ आषाढ मसान्तसम्मको संचित बचतबाट ७०% रकम ३ करोड ६२ लाख ७० हजार रुपैयाँ वितरण गरेको छ ।
FACEBOOK COMMENTS